दफा २०
साधारण सभा
: (१) संस्थानले सर्वसाधारणमा बिक्री गर्न निष्काशित गरेको शेयर पूँजीको घटीमा ५ प्रतिशत मूल्यको शेयर सर्वसाधारण जनतामा बिक्री भै सकेपछि प्रत्येक वर्ष संस्थानको वार्षिक हिसाब बन्द भएको मितिले २ महीनाभित्र संस्थानले प्रधान कार्यालयमा एक साधारण सभा (यसपछि वार्षिक साधारण सभा भनिएको) गरिनेछ । कम्तीमा पचास जवान शेयर होल्डरहरूले आफ्नो हस्ताक्षरमा लिखित निवेदन गरेमा वा समितिले आवश्यक ठहराएमा, अरू कुनै समयमा पनि संस्थानको विशेष साधारण सभा गरिनेछ ।
(२) प्रथमबार कम्तीमा १०० जना शेयर होल्डरको उपस्थिति नभई साधारण सभाको कोरम पूरा भएको मानिने छैन । सो कोरम पूरा नभई दोस्रोपटक बोलाईदा भने
५० जना शेयर होल्डरको उपस्थिति भए कोरम पुगेको मानिनेछ । तर दोस्रो पटक पनि लेखिए बमोजिम पुग्न सकेन भने सोही व्यहोरा नेपाल सरकारमा पेश गरी निकासा भए बमोजिम हुनेछ ।
(३) वार्षिक साधारण सभामा उपस्थित शेयर होल्डरहरूले संस्थानको वार्षिक हिसाब तथा लाभ हानीको खाता, त्यस उपर अडिटरको प्रतिवेदन र संस्थानको वर्ष भरिको काम सम्बन्धी समितिको प्रतिवेदन उपर छलफल गर्नेछ । वार्षिक साधारण सभाको व्यवस्था हुन नसकेसम्म ती कुराहरू नेपाल सरकारमा पेश गरिनेछ ।
(४) संस्थानको कूल पूँजीको प्रत्येक एक प्रतिशत शेयरको एक मतको हिसाबले जे जति प्रतिशत शेयर खरीद गरेको छ सो बराबर संख्यामा संस्थानको शेयर होल्डरले
मत दिन पाउनेछ ।
तर,
(क) संस्थानको कूल पूँजीको एक प्रतिशत भन्दा कम शेयर खरिद गरेकोमा भने मत दिन पाउने छैन ।
(ख) शेयर प्रतिशत एक इकाईभन्दा बढी भएमा माथिल्लो इकाई नपुगेसम्म तल्लो इकाई बराबरको मत मात्र दिन पाउने छ ।
(४क) शेयर होल्डरले वार्षिक साधारण सभाको बैठकमा आफै उपस्थित नभई वा प्रतिनिधि नपठाई मत दिन पाउने छैन ।
(५) सभाको निर्णय उपस्थित शेयर होल्डरहरूको साधारण बहुमतद्वारा गरिने छ ।